हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा भएको इभी गाडी दुर्घटनाका चार मृतकमध्ये दुई जनाको नाम पहिचान भएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मृतकहरूमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को कावासोसी नगरपालिका–१ का २४ वर्षीय नरबहार सिंह ठकुरी र धनुषाको धनुषाधाम नगरपालिका–४ बस्ने ४३ वर्षीय सुरज भट्टराई रहेका छन् । उनीहरुको साथमा रहेको पासपोर्ट र नागरिकताको आधारमा परिचय खुलेको प्रहरीले जनाएको छ ।
यस्तै, मृतकमध्ये दुई जनाको पहिचान हुन सकेको छैन ।
आज दिउँसो काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गरेको म.प्र.०३–००१ ज ०७२० नम्बरको यात्रुवहाक इभी गाडी सडकबाट अन्दाजी एक हजार मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा चार जना घाइते भएका छन् । घाइतेमध्ये गम्भीर तीन जनालाई ट्रमा सेन्टर काठमाडौं पठाइएको छ भने एक जना मध्यम घाइतेको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।











प्रतिक्रिया