२१ कार्तिक २०८३, शनिबार

दशैभरी यसरी मनाइयो नागपञ्चमी (फोटो फिचर)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ भदौ । हिन्दू धर्मावलम्बीले साउन शुक्लपञ्चमीका दिन आज घरघरमा नागको चित्र तथा तस्बिर टाँसेर नागपञ्चमी मनाएका छन् । प्रत्येक वर्ष नागपञ्चमीका दिन नागलाई देवताको रूपमा पूजा गर्ने प्रचलन हिन्दू धर्मशास्त्रमा छ ।

नागपञ्चमी पर्व कहिलेबाट कसरी मनाउन सुरु भएको भन्नेबारेमा यकिनका साथ भन्न नसकिए पनि विभिन्न कथा तथा किंवदन्ती पाइन्छन् । नागपञ्चमीका दिन गरिने पूजाले नाग प्रसन्न भई मनोकाङ्क्षा पूरा हुने तथा पारिवारिक सुख शान्ति कायम हुने विश्वास रहेको संस्कृतिविद् विष्णु दाहालले जानकारी दिनुभयो ।

बिहानै स्नान गरी पवित्र भई नागको चित्र वा मूर्तिलाई गाईको गोबर अथवा गहुँको पिठोबाट निर्मित नागमा वा कागजमा बनाएको नागलाई दियो, कलश, गणेशको पूजा गरी दूध, दही, घ्यु, दुबो, कुश, फूल, सिन्दूर, चन्दन आदिले पूजा गरी, धूप, दीप, नैवैद्यसहित प्रार्थना गरी घरको ढोकामा टाँसेपछि आगलागी, चट्याङजस्ता विपद्बाट सुरक्षित रहिने जनविश्वास छ ।

नागपोखरी मेला व्यवस्थापन समितिको आयोजनामा प्रत्येक वर्ष नागपोखरीमा धार्मिक अनुष्ठान, पूजा हुने गर्दछ । विभिन्न खानपिनकमा बिक्री कक्ष रहेको मेलामा सर्वसाधारण आकर्षित भएका छन् । समितिका सदस्य रोशन श्रेष्ठले नागपोखरीको विशेषतालाई प्रचारप्रसार गर्ने उद्देश्यले प्रत्येक वर्ष यस्तो मेलाको आयोजना गरिने बताउनुभयो । रासस