२८ आश्विन २०८३, बुधबार

२४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो ७८७ जनालाई कारबाही

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७८७ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

मंगलबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ७५, सिसिटिभिमार्फत ६५, रातोबत्तीमा ८७ जना चालकलाई कारबाही गरिएको छ ।

यसैगरी, तीव्र गतिमा ११७, हर्न निषेधमा १९, लेन क्रसमा १२, अवस्था ठिक नभएको २४, एकतर्फीमा ४ र अन्यमा ३८८ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।