– विजय थापा
वाशिंगटन डिसी । अमेरिकाको क्यालिफोर्नियामा भएको नेपाल दिवसमा भाग लिन नेपाली चलचित्रकि नायिका नन्दिता केसी अमेरिका आएकी हुन् र त्यसो त उनी त्यतिको लागि मात्र अवसरको भुमि अमेरिका टेकेकी हैनन् ।
गत अगस्ट ७ देखी १६ सम्म अमेरिकाको क्यालिफोर्निया राज्यको सनफ्रान्सिस्को सन जोसमा भएको फेस्टिबल अफ ग्लोबमा बिशेष प्रस्तुति गर्न पनि अमेरिका अवतरण भएकी हुन् ।
उक्त महोत्सव मा ३० देशका २५० वटा फिल्म प्रदर्शन गरिएको थियो भने महोत्सवमा हलिउडका, बलिउडका तथा ब्रम्हाण्डका बिभिन्न देशका प्रख्यात कलाकारहरुको उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा नायिका नन्दिता केसीले नेपालको कला तथा संस्कृति झल्कने प्रकारका नृत्य प्रस्तुति गरि प्रसंसा बटुल्न सफल भईन ।
फेस्टिबल अफ ग्लोबले सम्मान पनि दियो नन्दिता केसीलाई । शालीन र साधारण जीवन शैली तर असाधारण अभिनय क्षमता भएकी नायिकाका रुपमा स्थापित छिन् नन्दिता केसी ।
उनी नेपालबाट क्यालिफोर्निया र क्यालिफोर्नियाबाट अहिले बिश्व कै सम्राट राज्य न्युयोर्कमा अमेरिका नेपाल सुन्दरी प्रतियोगितामा धमकदार प्रस्तुतिको लागि पूर्व अभ्यासमा व्यस्त छिन् ।
न्युयोर्कबाट कुराकानी गर्दै उनले भनिन म अमेरिकामा हराउन आएकी हैन र म बिलिन पनि हुन्न । मैले सार्बजनिक रुपमा म नेपाल फर्कन्छु भन्ने प्रतिबद्धता गरेकी थिए । र आगामी अगस्त ३० तारिख मातृभूमि फर्कने जानकारी गराईन ।
उनले भनिन अमेरिका मेरो पहिलो पटक हो । अमेरिका बारे मानिस बाट धेरै सुनेको थिए सुनेको भन्दा यहाँ आउदा अझ राम्रो लाग्यो नन्दिताले भनिन ।
आफु नेपाल दिवसको लागि आएको र त्यहाँ कार्यक्रममा सहभागी भए । र फेस्टिबल अफ ग्लोबमा आफु लगायत नायिका केकी अधिकारी सहित उक्त बृहत कार्यक्रममा प्रस्तुति गरेका थियौ ।
नन्दिताले आफु नेपाल फर्कने कुराको स्मरण गराउदै नेपाल जानु भन्दा अगाडी वाशिंगटन डिसी स्थित अमेरिकाका राष्ट्रपति बराक ओबामा बस्ने व्हाइट हाउस (सेतो घर) तथा न्युयोर्कको स्वतन्त्रताको मुर्ति हेर्ने इच्छा लागेको बताईन ।















प्रतिक्रिया