२८ आश्विन २०८३, बुधबार

भोटेकोशी बाढीपछि राहत कोषमा १३ अर्ब २३ करोड बढी संकलन, १ अर्ब निकासा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि राहत, उद्धार तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा हालसम्म १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रुपैयाँ संकलन भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषमा रहेको रकममध्ये ९ वटा वाणिज्य बैंकका खातामा ९ अर्ब ६८ करोड २३ लाख ५५ हजार २५ रुपैयाँ नगद मौज्दात छ । यसबाहेक, दुई वटा वाणिज्य बैंकमा २ करोड ३२ लाख ८४ हजार ७७ अमेरिकी डलर समेत जम्मा भइसकेको छ ।

बाढी प्रभावित क्षेत्रमा तत्काल राहत, उद्धार तथा व्यवस्थापन कार्यलाई तीव्रता दिन कोषबाट १ अर्ब रुपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए)लाई निकासा गरिसकिएको छ ।

विनाशकारी बाढीपछि सरकारले राहत, उद्धार र पुनर्स्थापनाका लागि स्वदेश तथा विदेशमा रहेका व्यक्ति, संघसंस्था, निजी क्षेत्र र विभिन्न निकायसँग सहयोगको आह्वान गरेको थियो । सोही आह्वानबमोजिम विभिन्न स्रोतबाट आर्थिक सहयोग जुट्ने क्रम जारी रहेको हो ।

कोषमा प्राप्त रकम प्रभावित क्षेत्रमा राहत वितरण, उद्धार, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि आवश्यकता र प्राथमिकताका आधारमा परिचालन गरिने सरकारले जनाएको छ ।