२८ आश्विन २०८३, बुधबार

शिक्षासेवी विद्या लिम्बुको निधन

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । लिटिल एन्जल्स स्कुलकी संस्थापक एवं समाजसेवी विद्या लिम्बुको निधन भएको छ ।

लामो समय शिक्षा क्षेत्रमा संलग्न शिक्षाप्रेमी लिम्बुको ७९ वर्षको उमेरमा शुक्रबार राति काठमाडौको ग्राण्डी अस्पतालमा निधन भएको हो । लिम्बु नेपालको प्रतिष्ठित शैक्षिक संस्था लिटिल एन्जल्स एजुकेशन ग्रुपको सह–अध्यक्ष थिइन् ।

नेपालको शिक्षा क्षेत्रलाई गुणस्तरीय र आधुनिक बनाउन उनको ठूलो योगदान रहेको छ । ‘विद्या मिस’को रुपमा चिरपरिचित लिम्बुले गरिब तथा जेहन्दार हजारौं विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराएर शिक्षाको उज्यालो प्रकाश छरेकी थिइन् ।

लिम्बुले लिटिल एन्जल्स स्कुल स्थापना अघि ललितपुरको ज्ञानोदय वालवाटिकामा शिक्षण सेवा समेत गरेकी थिइन् । विसं २००४ सालमा जन्मेकी लिम्बुका एक छोरा र दुई छोरी छन् ।

लिम्बुको आइतबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

लिम्बुको निधनप्रति निजी तथा आवासीय विद्यालयहरूको छाता संगठन प्याब्सन र हिसानले गहिरो दुःख व्यक्त गरेको छ ।