२१ कार्तिक २०८३, शनिबार

संविधानसभा बैठक साँझ साढे पाँच बजे बस्दै, संविधानको अन्तिम मस्यौदा पेश हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sambidhan-sabha-vwanकाठमाडौं, २ भदौं । संविधानसभाको बैठक साँझ साढे पाँच बजेका लागि बोलाइएको छ ।

मस्यौदा समितिलाई नयाँ संविधानको अन्तिम मस्यौदा तयार पार्न पाँच दिनको समय दिएर स्थगित संसदको बैठक बुधबार साँझ ५ः३० बजे बोलाइएको संसद सचिवालयका सहप्रवक्ता सुदर्शन कुँइकेलले बताउनुभयो ।

संविधानको अन्तिम मस्यौदा पेश गर्ने पूर्वनिर्धारित कार्यतालिका अनुसार बैठक बोलाइएको हो । बैठक बोलाइएपनि अहिलेसम्म संविधानका विवादित विषयहरुलाई विशेष समितिले टुंग्याउन नसक्दा आजको बैठक प्रभावित हुनसक्ने बताइएको छ ।

विशेष समितिका संयोजक बाबुराम भट्टराईले सीमाकंनबाहेक अन्य विषयमा सहमति जुटेको बताएपनि मस्यौदा भने तयार हुन सकेको छैन ।