९ कार्तिक २०८३, सोमबार

बन्दले जनजीवन प्रभावित

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

गौशाला, २ भदौ । संयुक्त मधेसी मोर्चाले गरेको अनिश्चितकालीन मधेस बन्दको कारण महोत्तरीको जनजीवन प्रभावित भएको छ ।

लगातारको बन्द आह्वानका कारण महोत्तरीको कुनै पनि सडकखण्डमा यातायातका साधन चल्न सकेको छैन भने यात्रुलाई सास्ती बेहोर्नु परेको छ ।

त्यस्तै दैनिक गुजारा गर्ने र अत्यावश्यक कामकाजका लागि घरबाहिर जानेको समस्या बढ्दै गएको जनगुनासा छन् ।

बन्दका कारण महोत्तरीको हाट, बजार, कलकारखाना र उद्योग व्यवसाय सबै प्रभावित भएका छन् ।

त्यस्तै बन्दकै कारण धेरैजसोले नेपाली बजारको साटो भारतीय बजारमा गएर आफ्ना दैनिक उपभोगका सामग्री ल्याउन बाध्य भएका छन् भने उपचारका लागि पनि सयौँ बिरामी भारत जाने गरेको देखिएको छ ।

सरकारले ल्याएको सङ्घीय प्रदेशको खाका मधेस र मधेसी विरोधी रहेको भन्दै विभिन्न राजनीतिक दल तथा संयुक्त मधेसी मोर्चा विभिन्न विरोधका कार्यक्रम गर्दै आएका छन् । रासस