२८ आश्विन २०८३, बुधबार

सशस्त्र प्रहरीमा ठूलो संख्यामा खुल्यो नयाँ भर्ना

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले ठूलो संख्यामा विभिन्न पदका लागि नयाँ भर्ना आह्वान गरेको छ ।

सशस्त्र प्रहरी बलको प्रधान कार्यालयस्थित भर्ना तथा छनोट शाखाले आज एक सूचना जारी गर्दै कुल ६ सय ६६ जनाका लागि आवेदन मागेको हो ।

जारी सूचना अनुसार खुल्ला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गर्नेगरी ६ सय ४ जना सशस्त्र प्रहरी जवान, ३८ जना भान्से, ८ जना कुचिकार, ६ जना सूचीकार, ७ जना केस कर्तक (हजराम), २ जना चर्मकर्मी र १ जना मालीका लागि दरखास्त आह्वान गरिएको छ ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले आगामी असोज २८ गतेसम्म रीतपूर्वक आवेदन दिनसक्ने सशस्त्र प्रहरी बलले जनाएको छ ।