लन्डन । हार्पर्स बाजारको म्यागेजिनका लागि हलिउड अभिनेत्री शेरान स्टोलले नाङ्गा तस्बिर शूट गरेकी छिन् । शेरान ५७ वर्षीया भए पनि तस्बिरमा उनलाई त्यो उमेरको भनेर कसैले पत्याएका छैनन् ।
शेरान स्टोनले म्यागेजिनको कभर पेजका लागि हाट र नाङ्गा तस्बिर शूट गरेको समाचारमा जनाइएको छ ।
शेरान म्यागेजिनको कभरमा नाङ्गै देखिएकी छिन् । तस्बिरमा उनले गोप्य अङ्गलाई आफ्ना हातहरूले छोपेकी छिन् ।
उनका यी नाङ्गा तस्बिरहरू सेप्टेमबरमा प्रकाशित हुन थालेको म्यागेजिनका लागि हो । म्यागेजिनले फोटो शूटका लागि लाखौं रकम खर्च गर्दै आएको छ ।
एक वेबसाइटले प्रकाशित गरेको समाचार अनुसार शेरान स्टोनले भने की छिन्, ‘म र मेरो शरीर कस्तो छ भन्ने कुरा मलाई थाहा छ । र मेरा शुभेच्छुकहरूलाई थाहा छ । म वास्तवमा के चिज हुँ ।’
उनले सबैले आफूले आफैलाई चिन्नु पर्ने बताएकी छिन् । साथै उनले सेक्सलाई पनि बुझ्नु जरुरी रहेको बताएकी छिन् ।
ओस्कर विजेता स्टोन सन् २००१ मा ब्रेन हेमरेजबाट बिरामी परेकी थिइन् । उपचारको धेरै पछि उनी कला र मोडलिङमा देखिन थालेकी हुन् ।
स्टोन आफ्ना पत्रकार पति फिल ब्रान्सटाइनसँग पनि अलग भएर बसेकी छिन् । बिरामी परेपछि उनलाई पतिले छाडेका थिए ।

















प्रतिक्रिया