२१ कार्तिक २०८३, शनिबार

मोरङमा स्थानीय युवाहरूले बन्दको विरोध गर्न थाले

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

yuba sanghमोरङ, २ भदौ । मधेसवादी दलले गरेको बन्दका क्रममा प्रदर्शनकर्ता अराजक भएको भन्दै मोरङका विभिन्न संघसंगठनले विरोध गरेका छन् ।

युवा संघ नेपाल मोरङ, तरुणदल मोरङ, वाइसिएल मोरङ, नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन मोरङ र मोरङ ट्याक्सी व्यवसायी संघलगायतका संघसंगठनले बन्दको विरोध गरेका हुन् ।

उनीहरुले मधेसवादी दलका प्रदर्शनकर्ता अराजक भएको र आन्दोलनलाई व्यक्तिगत रिस साँध्न प्रयोग गरेको आरोपसमेत लगाएका छन् ।

युवा संघ मोरङका अध्यक्ष मुकेश बुढाथोकीले प्रदर्शनकर्ताले आफ्नो घरमा तोडफोड गरेको आरोप लगाउनुभयो ।

नेतृत्वकर्ताको उपस्थिति बिना र ब्यानर झन्डा बिना झुन्डमा आएका प्रदर्शनकर्ताले आफ्नो घरमा तोडफोड गर्नुका साथै आफूमाथि पनि आक्रमण गरेकाले गाउँले प्रतिकारमा उत्रेको उहाँले बताउनुभयो ।

वाइसिएल र तरुण दलका नेताले बन्दको विरोध गर्दै विकल्प खोजिनुपर्ने भन्दै बन्दमा व्यक्तिगत रिस साँध्ने किसिमको प्रवृत्ति बढ्दै गएकाले त्यस्ता काम रोकिनुपर्ने बताउनुभयो ।

यातायात स्वतन्त्र मजदुर सङ्गठन मोरङ र मोरङ ट्याक्सी व्यवसायी संघले बन्दले गर्दा आफूहरुको रोजीरोटी नै गुम्ने अवस्थामा पुगेको भन्दै बन्दको विकल्प खोज्न आग्रह गरेका छन् ।