२८ आश्विन २०८३, बुधबार

एक वर्ष अगाडि एसपीलाई धम्क्याउने नेकपाका नेता यादव पक्राउ

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सर्लाही । नेकपाका नेता अशोक यादव पक्राउ परेका छन् ।

एक वर्ष अघि सर्लाहीका तत्कालीन एसपीलाई धम्क्याएको आरोपमा उनी पक्राउ परेका हुन् ।

उनले २०८२ साल असारमा जिल्ला प्रहरी कार्यालय सर्लाहीका तत्कालीन एसपी योगेन्द्रकुमार खड्कालाई अपशब्द प्रयोग गर्दै धम्क्याएको अडिओ नै सार्वजनिक भएको थियो ।

त्यसपछि उनी फरार रहँदै आएका थिए । उनी त्यो समयमा जनता समाजवादी पार्टीमा आवद्व थिए भने अहिले पार्टी परिवर्तन गरेर नेकपामा लागेका हुन् ।