काठमाडौं, १ भदौ । फोर्डको आकर्षक लुक र स्मार्ट कार फिगो एस्पायर नेपाली बजारमा आएको छ ।
स्मार्ट र एडभान्स सुरक्षात्मक प्रविधिसहितको कम्प्याक्ट सेडान कारको मूल्य निकै सस्तो रहेको छ । २४ लाख ९० हजारमा पनि उक्त भर्सनको कार किन्न सकिनेछ ।
कारमा पछिल्लो समय विकास भएका प्रविधि जडान गरिएकाले ठूलो दुर्घटना हुने संकेत दिने बताइएको छ । इमरजेन्सी सहयोगका लागि ब्लुटुथसँग जोडिएकोले अटोमेटिक मोबाइलले कार भएको स्थान र सूचनाबारे जानकारी दिनेछ, फोर्ड इन्डियाका अध्यक्ष एवं प्रवन्ध निर्देशक निगेल ह्यारिसले बताए ।
यो कार सेडान भर्सनमा सबैभन्दा उत्कृष्ट रहेको र इन्धन किफायती रहेको पनि उनले जानकारी दिए ।

उक्त कारमा ६ वटा एयरब्याग राखिएको छ भने स्मार्ट प्रविधि प्रयोग गरिएकोले डिजिटल प्रविधिमार्फत गाडी चलाउँदा सजिलो हुने कम्पनीले दावी गरेको छ । कारमा मोबाइल चार्जर, सेटलाइट नेभिगेशन लगायतका सुविधा पनि समावेश गरेको छ । कारमा चार वटा भेरियन्टरको समेट व्यवस्था रहेको छ ।
कारले प्रति लिटर १८ दशमलव २ किलोमिटर माइलेज दिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार डिजल भर्सनको कारले प्रतिलिटर २५ दशमलव ८ किलोमिटर माइलेज दिनेछ ।
कम्पनीले पेट्रोल भर्सनको एम्विएन्ट, ट्रेन्ड, टाइटनम र टाइटनम प्लसको मूल्य क्रमश २४ लाख ९० हजार, १७ लाख ९० हजार, ३१ लाख ९० हजार र ३४ लाख ९० हजार मूल्य तोकेको छ । डिजल भर्सनमा एम्विएन्ट, ट्रेन्ड, टाइटनम र टाइटनम प्लसको मूल्य क्रमश २७ लाख ९० हजार ३१ लाख ९० हजार, ३५ लाख ९० हजार र ३८ लाख ९० हजार मूल्य तोकेको छ ।















प्रतिक्रिया