९ कार्तिक २०८३, सोमबार

रुकुममा १० दिनपछि आन्दोलन फिर्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Akhanda Rukum Aandolan_01– महेश केसी
रुकुम, १ भदौं । अखण्ड रुकुमको माग राख्दै साउन २४ गतेबाट रुकुममा सुरु भएको आन्दोलन मंगलबारबाट फिर्ता भएको छ ।

एकीकृत रुकुम संघर्ष समितिले समितिका संयोजक टेकबहादुर पुनले मंगलबार विज्ञप्ती जारी गर्दै रुकुमेलीहरुको निरन्तर दवावका कारण शीर्ष नेताहरुले गरेको निर्णयलाई सच्याएर सिंगो रुकुम एक बनाउने बिषयमा केही सकारात्मक देखिएको महशुस भएकाले आन्दोलन फिर्ता लिएको जनाएका छन् ।

‘सकारात्मक महसुस भएपनि सिगाें रुकुमलाई प्रशासनिक राजनीतिक, भाषीक, सांस्कृतिक र भौगलिक सुगमताको हिसावले रुकुमका सबै नागरिकहरुलाई पायक पर्ने प्रस्तावित प्रदेश नम्बर पाँचमा समाबेश नगरे सम्म हाम्रो आन्दोलन जारी रहनेछ’ विज्ञप्तीमा भनिएको छ ।

समितिले आगामी भदौ ५ गतेसम्मका लागि आन्दोलनका कार्यक्रम फिर्ता लिएको हो ।