७ मंसिर २०८३, सोमबार

भोटेकोशी बाढीपीडितका लागि प्रवासी नेपाली मञ्चको २० लाख रुपैयाँ सहयोग

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीले भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीपहिरोको महाविपत्तिमा परेकाहरुको तत्काल उद्धार र राहतका लागि २० लाख रुपैयाँ सहयोग पठाएको छ ।

प्रवासी नेपाली मञ्चले नेकपा (एमाले)ले स्थापना गर्ने राहत कोषमा जम्मा हुनेगरी राष्ट्रिय वाणिज्य बैंकमा रहेको पार्टीको खातामा उक्त रकम जम्मा गरेको हो ।

भोटेकोशीले महाविपत्ति सिर्जना गरेको भोलिपल्ट भदौ ११ गते बसेको प्रवासी नेपाली मञ्चको सचिवालयको आकस्मिक बैठकले मातृभूमिप्रतिको दायित्वलाई आत्मसात गर्दै बाढी तथा पहिरो प्रभावित नागरिकहरूको तत्काल राहत तथा सहयोगका लागि कमिटीको कोषबाट उक्त रकम उपलब्ध गराउने निर्णय गरेको थियो ।