९ कार्तिक २०८३, सोमबार

एक सातादेखिको बन्दले बर्दियाको जनजीवन कष्टकर

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

band  ph 1

– सुदीप अधिकारी
बर्दिया, १ भदौ । एक साता अघि गत मंगलबार देखिको अनिश्चितकालिन बन्दले बर्दियाको जनजीवन कष्टकर बन्दै गएको छ ।

बन्दका कारण सवारी साधन, बजार र शैक्षिक संस्था संचालनमा नआएपछि बर्दियाबासीको जनजीवन कष्टकर बन्दै गएको हो ।

थारु कल्याणकारीणी सभा संघर्ष समिति बर्दियाले एक साता अघि गत मंगलबार देखि अनिश्चितकालीन बन्दको घोषणा गरेको थियो ।

प्रमुख चार दलका शिर्ष नेताहरुले आफूखुसी प्रदेशको सिमांकन गरिएको भन्दै एक साता अघि देखि आन्दोलनमा उत्रिएको थारु कल्याणकारीणी संघर्ष समिति लगायत थरुहट थारुवान संयुक्त संघर्ष समितिले आफुहरुको माग सम्बोधन नभएको भन्दै साउन ४ गते सम्म बन्दलाई निरन्तरण दिने घोषणा गरेका हुन् ।

थारुहरुको माग प्रति सरकार गम्भिर नभएको भन्दै ४ गते सम्मका लागि बर्दिया बन्द लम्बिएको आज आयोजित पत्रकार भेटघाटमा थारु कल्याणकारीणी सभा संघर्ष समितिका संयोजक गोविन्द थारुले बताउनुभयो ।

बन्दका कारण एक साता देखि बर्दियाको सदरमुकाम गुलरिया लगायतका ब्यापारीक केन्द्रहरु राजापुर, भूरिगाउँ, ताराताल, मैनापोखर, बाँसगढी लगायतका बजारहरु पूर्ण रुपमा ठप्प भएका छन । यातायात र बजार संगै शिक्षण संस्था र कलकारखाना समेत प्रभावित भएका छन् ।

एक साता देखिको बर्दिया बन्दका विषयमा आज जिल्ला प्रशासन कार्यालय बर्दियामा आयोजित सर्वपक्षिय भेलामा स्थानीय नागरिक समाज, ब्यापारी, शिक्षक, विद्यार्थीहरुले बन्दको स्वरुप परिवर्तन गर्न आन्दोलनकारीहरुसंग माग गरेका छन् ।