२८ आश्विन २०८३, बुधबार

राहत लिएर नुवाकोट लागे एमाले अध्यक्ष ओली

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी ओली टोलीसहित राहत बोकेर नुवाकोट प्रस्थान गरेका छन् ।

पार्टी केन्द्रीय कार्यालयबाट अध्यक्षकै हातबाट नुवाकोट र रसुवाका बाढी प्रभावितलाई पार्टीको तर्फबाट राहत सामग्री वितरण गरेपछि उनी नुवाकोट प्रस्थान गरेका हुन् ।

अध्यक्ष ओलीसँगै सचिव महेश बस्नेत लगायतका नेताहरू पनि रहेका छन् । अध्यक्ष ओलीले राहत, उद्वार लगायतको कामको निरीक्षण गर्ने सचिव बस्नेतले जानकारी दिए ।

उनले भने, ‘हाम्रो नेसनल भोलिन्टियर फोर्सले पीडितहरूलाई खाना खुवाउने, राहत सामग्री वितरणदेखि लिएर सरसफाइसम्मको काममा सहयोग गरेको छ। त्यो समेत हामी अवलोकन गर्छौँ।’