२८ आश्विन २०८३, बुधबार

त्रिशूली-३ ‘ए’को सुरुङबाट उद्धार गरिएका दुईलाई काठमाडौंं ल्याइयो, को-को हुन् उनीहरू ?

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । त्रिशूली-३ ‘ए’को सुरुङबाट उद्धार गरिएका दुई जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।

दशौँ दिनमा सुरूङबाट उद्वार गरिएका सञ्जय साह र कविर महर्जनलाई उपचारको लागि काठमाडौँ ल्याइएको हो । कवीर महर्जनको अवस्था भने गम्भीर छ । उनको छाउनी ल्याएर वीरेन्द्र सैनिक अस्पतालमा भर्ना गरी सघन उपचार जारी राखिएको छ ।

आज बिहान रसुवास्थित त्रिशुली ३ ‘ए’को सुरुङबाट नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त उद्धार टोलीले उनीहरूको सकुशल उद्धार गरेका हुन्।

साह आयोजनाका मेकानिकल फोरम्यान र महर्जन मेकानिकल सुपरभाइजर हुन्। उद्वार टोलीले अन्यको पनि खोजी गरिरहेको छ ।