९ कार्तिक २०८३, सोमबार

अनिश्चितकालीन बन्दले दैनिक उपभोग्य वस्तुको अभाव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

khadyannaसल्यान, १ भदौ । अखण्ड राप्तीको माग गर्दै नौ दिनदेखिको बन्दले जिल्लाको जनजीवन प्रभावित हुन थालेको छ । बन्दकर्ताले आइतबार र सोमवार बन्द केही खुकुलो पारेको भए पनि आजदेखि कडा बनाएका छन् ।

अनिश्चितकालीन बन्द आह्वानपछि जिल्ला सदरमुकाम खलङ्गामा दैनिक उपभोग्य वस्तुको अभाव हुन थालेको छ । यातायात सञ्चालन नहुँदा जिल्ला बाहिरबाट तरकारी तथा खाद्यान्न आपूर्ति हुन नसकेपछि अभाव देखिन थालेको छ । बन्दका कारण तरकारी, खाद्यान्न, खाना पकाउने ग्यास जस्ता दैनिक उपभोग्य वस्तुको अभाव हुन थालेको छ ।

सल्यानलाई राप्तीबाट नअलग्याउने शीर्ष नेताहरुको प्रतिबद्धता आइसकेको भए पनि आन्दोलनकारीले आफनो आन्दोलन फिर्ता लिएका छ्रैनन् । जिल्लाका राजनैतिक दलका नेतासहितको टोलीले काठमाडौ पुगेर सो विषयमा शीर्ष नेताहरुलाई ज्ञापनपत्र बुझाएकोे नेकपा(एमाले) सल्यानका अध्यक्ष हरि केसीले जानकारी दिनुभयो । “शीर्ष नेताहरुबाट राप्ती टुक्रिन नदिने प्रतिबद्धता आएको छ” केसीले भन्नुभयो । रासस