२८ आश्विन २०८३, बुधबार

बाढीपीडितलाई सहयोग गर्न काठमाडौं आइपुगेका सोनू सूद लेख्छन्– नेपाल, तिमी एक्लो छैनौ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले विश्वलाई नै स्तब्ध बनाएको छ ।

बाढीले निम्त्याएको विपत्तिसँग जुधिरहेको नेपालका पीडितहरूप्रति समवेदना व्यक्त गर्न धेरै बलिउड कलाकारहरूले सामाजिक सञ्जालको सहारा लिएका छन् ।

यसैबीच, यस कठिन घडीमा बाढी तथा डुबानबाट प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यसहित चर्चित बलिउड अभिनेता सोनू सूद मंगलबार काठमाडौं आइपुगेका छन् ।

उनले गएराति सामाजिक सञ्जालमा एक पोस्ट गर्दै यस कठिन घडीमा नेपाल एक्लो नरहेको लेखेका हुन् ।

बालबालिकाहरुसँगको तस्वीर राख्दै उनले लेखेका छन्, ‘उनीहरूले आफ्ना घर, परिवार र बाल्यकाल गुमाए… तर हामी मिलेर उनीहरूलाई नयाँ सुरुवात गर्न मद्दत गर्नेछौँ । नेपाल, तिमी एक्लो छैनौ ।’

यसअघि बाढीलगत्तै उनले ट्वीटरमा नेपालीहरुलाई आफूहरू उनीहरूको साथमा रहेको र उनीहरू एक्लो नभएको लेखेका थिए ।

उनले लेखेका थिए, ‘नेपाल, तिमीहरू एक्लो छैनौ । हामी खाना, आश्रय र तिमीहरूलाई पुनः उठ्न मद्दत गर्ने साहस लिएर आउँदैछौँ ।’ उनले उक्त पोस्टमा नेपालको राष्ट्रिय झण्डा र मुटुको इमोजी पनि राखेका थिए ।