२८ आश्विन २०८३, बुधबार

टनेलमा फसेका कामदारको उद्वारबारे के भने गृहमन्त्रीले ?

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गृहमन्त्री सुदन गुरुङले भोटेकोशी बाढीपछि टनेलमा फसेकाको उद्वार जारी रहेको बताएका छन् ।

उनले उद्वारमा निकै कठिनाइ भइरहेको जानकारी दिँदै जिवितै भेटिने आशा अझै नमारेको बताए ।

यस्तो छ गृहमन्त्रीको भनाइ–

टनेल उद्दारमा सरकार सुरुदेखि लागिरहेको छ । तर टनेलभित्र गहिरो दलदल छ । बाहिरपट्टि पनि ठाडा ढिस्कोहरुले गर्दा हेलिकोप्टरबा६ सामान झार्न सहज छैन । हेलीलाई तल ल्याउँदा पंखा छुने सम्भावना हुन्छ ।

टनेलको अगाडीको भागमा दलदलका कारण हेलिकोप्टर ल्यान्ड गर्न गाह्रो छ । त्यहाँ फिलिङ गरेर मात्र झार्न सकिन्छ । हाम्रो सुरक्षा संयन्त्रले विभिन्न टनेलमा ड्रोन पनि युज गरेको छ । अझै पनि प्रयास जारी छ । आशा राखेकै छौं । लेट्स प्रे । त्यस्तो केही पनि नहोस । जिवित भेटिने सम्भावना अझै छ ।

सरभाइभल रेट भनेको इच्छाशक्तिमा पनि भर पर्छ । उहाँहरुले इच्छा गर्नुभयो, चाहनुभयो भने बाँच्ने सम्भावना बढी हुन्छ । त्यहाँ पानीको सुविधा पनि हुन सक्छ । टनेलभित्र पानी लिकेज भएको हुन सक्छ । मेरो विचारमा पानी खाइरहनुभएको छ जस्तो लाग्छ । होप फर द बेस्ट ।

हाम्रो सुरक्षा संयन्त्रले अझै टनेलमा काम गरिरहेको छ । हेडबाट पनि खनेर दुलो बनाउन र रासनहरु पठाउन सकिन्छ कि भनेर काम भइरहेको छ ।