२८ आश्विन २०८३, बुधबार

उद्वार, राहतको अनुगमन, सूक्ष्म निगरानीका लागि संसदीय विशेष समिति गठन गर्न एमालेको माग

उद्दार कार्य प्रभावकारी हुन नसकदा नागरिकको ज्यान जोगाउन सकिने अवसर गुम्यो

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले) ले उद्धार तथा राहत कार्यको स्थलगत अनुगमन, सूक्ष्म निगरानी र सरकारलाई आवश्यक समन्वय तथा सहजीकरण गर्न संसदीय विशेष समिति गठनको माग गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा मंगलबार बसेको एमाले संसदीय दलको बैठकले बुधबारबाट सञ्चालन हुने संसद बैठकमा संसदीय दलका नेताले सम्बोधन गर्ने र विशेष संसदीय समिति गठनका लागि माग गर्ने निर्णय गरेको एमाले संसदीय दलका प्रमुख सचेतक ऐन महरले जानकारी दिए ।

बैठकले बाढी–पहिरोमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै बेपत्ताहरूको शीघ्र खोजी गर्न माग गरेको छ भने एमालेका प्रत्येक सांसदको १५ दिनको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय भएको महरले बताएका छन् ।

उनले बाढीपछिको उद्दार कार्य प्रभावकारी हुन नसकदा नागरिकको ज्यान जोगाउन सकिने अवसर गुमेको उल्लेख गरे । साथै उनले एउटै घरबाट २२ भन्दा बढी शव निस्कनु तथा समयमै उद्धार नहुँदा ५–७ दिनपछि मात्र शव फेला पर्नुले सरकारी संयन्त्रको कमजोरी देखाएको आरोप लगाए ।

त्यस्तै महरले सुरुङ तथा विभिन्न स्थानमा अझै शवहरू अलपत्र रहनु र परिवारलाई नबुझाई सामूहिक रूपमा गाडिनु उचित नभएको धारणा राखेका थिए ।