९ कार्तिक २०८३, सोमबार

मधेसी दलले तर्साए नयाँ अडान, झापादेखि कञ्चनपुरसम्म प्रदेश बनाउन माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

partyकाठमाडौँ, १ भदौ । राष्ट्रिय मधेस समाजवादी पार्टीले राज्य पुनःसंरचना समिति र राज्य पुनःसंरचना आयोगको प्रतिवेदनका आधारमा प्रदेश निर्माण गर्नुपर्नेमा जोड दिएको छ ।

छ प्रदेशको सीमाङ्कनमा चुरेबिना नै सीमाङ्कन गरिएकामा आपत्ति प्रकट गर्दै पार्टीले २ नं प्रदेशमा झापा, मोरङ, सुनसरी, उदयपुर, सिन्धुली र मकवानपुर तथा ५ नं प्रदेशमा नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कन्चनपुर र त्यस क्षेत्रसँग जोडिएका चुरे क्षेत्रका जिल्ला पनि समावेश गर्न माग गरेको छ ।

पार्टीका प्रवक्ता केशव झाले जारी गरेको विज्ञप्तिमा झापादेखि पर्सासम्म एक प्रदेश र नवलपरासीदेखि कञ्चनपुरसम्म दोस्रो प्रदेश बनाउनुपर्नेमा जोड दिइएको छ । रासस