२८ आश्विन २०८३, बुधबार

रसुवा बाढी : १ हजार ५८ जनाको शव भेटियो (अपडेट)

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भोटेकोशी बाढीमा परेर मृत्यु हुनेको संख्या एक हजार ५८ पुगेको छ ।

नेपाल प्रहरीले मंगलबार दिउँसो सार्वजनिक गरेको तथ्यांक अनुसार २ बजेसम्म एक हजार ५८ जनाको शव फेला परेको हो ।

जसमा ३० बालक, ३५ बालिका, २३२ महिला, ३७१ पुरुष र ३९० आंशिक अंग भएका शव फेला परेको छ ।

यस्तै प्रहरीले ५८ जनाको शव आफन्तलाई हस्तान्तरण गरिएको र पहिचान नखुेलेका ६८४ शव जमिनमुनि व्यवस्थापन गरिएको पनि जानकारी दिएको हो ।