काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या एक हजार नाघेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, मंगलबार दिउँसो १ बजेसम्म एक हजार तीनजनाको शव फेला परेको हो । सबैभन्दा धेरै ३२१ वटा शव चितवनमा भेटिएको छ ।
यसैगरी रसुवामा ४१, नुवाकोटमा ९५, धादिङमा ५७, गोरखामा ६५, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा २१६, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा १७, तनहुँमा ३८ वटा शव फेला परेको हो ।
प्राधिकरणका अनुसार अझै तीन हजार ९१६ जना सम्पर्कविहीन छन् ।











प्रतिक्रिया