गौशाला, १ भदौ । महोत्तरीको गौशाला स्थित जलेश्वरमा हतियारसहित प्रहरीले जलेश्वर नगरपालिका–१ बस्ने ४३ वर्षीय विजय गुप्तालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीले अभियुक्तका साथबाट ‘मेड इन अमेरिका’ लेखिएको ९ एमएमको स्वचालित पेस्तोल एक, सोमा प्रयोग हुने १५ थान गोली, म्याग्जिन दुई, सिक्सर एक, सोमा प्रयोग हुने गोली दुई, खुकुरी एक थानलगायत बरामद गरेको प्रहरी उपरीक्षक सौरभ राणाले बताउनुभयो । रासस















प्रतिक्रिया