काठमाडौं । बहुप्रतीक्षित नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ आज (सोमबार)देखि सुरु हुँदैछ ।
प्रतियोगिताको पहिलो खेल सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच हुँदैछ ।
यसैबीच, डिसहोमका ग्राहकले एनपीएलका खेलहरू हेर्न थप शुल्क तिर्नु नपर्ने भएको छ ।
डिसहोमका अनुसार ग्राहकहरूले एचडी गुणस्तरमा थप शुल्कबिना प्रतियोगिताका खेलहरूको प्रत्यक्ष प्रसारण हेर्न पाउने छन् ।
डिसहोमका सक्रिय ग्राहकहरूले हिमालय स्पोर्ट्स, स्टार स्पोर्ट्स सिलेक्ट १ तथा स्टार स्पोर्ट्स सिलेक्ट २ च्यानलमार्फत प्रतियोगिताका खेलहरूको प्रत्यक्ष प्रसारण हेर्नसक्ने कम्पनीले जनाएको छ । यसका लागि ग्राहकले कुनै अतिरिक्त शुल्क तिर्नुपर्ने छैन ।
यस सुविधाले ग्राहकहरूलाई घरमै बसेर नेपाली क्रिकेटको रोमाञ्चकता र प्रतिस्पर्धाको आनन्द लिन सहज बनाउने कम्पनीको अपेक्षा छ । यो सुविधा उपयोग गर्न ग्राहकको डिसहोम डिटिएच वा आईपीटिभी सदस्यता सक्रिय रहेको हुनुपर्नेछ ।
सदस्यताको अवधि समाप्त भएका ग्राहकहरूले खल्ती वा इसेवामार्फत आफ्नो सदस्यता नवीकरण गरी खेलहरूको प्रत्यक्ष प्रसारण हेर्न सक्नेछन् ।
एकै दिन दुई खेल आयोजना हुने दिनमा खेलहरू दिउँसो १२:३० बजे र साँझ ५ बजे प्रत्यक्ष प्रसारण हुनेछन् ।















प्रतिक्रिया