९ कार्तिक २०८३, सोमबार

विद्यालयमा स्मार्टबोर्ड प्रविधिमार्फत पढाइ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

smart-boardप्युठान, १ भदौ । शिक्षण सिकाइ क्रियाकलाप प्रभावकारी बनाउन भन्दै १२ विद्यालयमा नयाँ प्रविधिको स्मार्टबोर्डबाट पठनपाठन सुरु गरिएको छ ।

सिकाइ उपलब्धि प्रभावकारी बनाउन विश्वमा सबैभन्दा राम्रो प्रविधि मानिएको स्मार्टबोर्ड प्रविधि भित्र्याइएको हो । जिल्ला शिक्षा कार्यालयको वार्षिक नीति तथा कार्यक्रममार्फत जिल्लाका मावि तथा उच्च माविमा रु १६ लाख ८० हजारको लागतमा स्मार्टबोर्ड प्रविधिमार्फत पठनपाठन सुरु गरिएको जिल्ला शिक्षा अधिकारी नारायणप्रसाद भट्टराईले बताउनुभयो ।

भित्तामा राखिने कम्प्युटका रुपमा चिनिने स्मार्टवोर्डमा सोही प्रविधिको कलमले लेख्ने गरिन्छ । शिक्षण सिकाइमा अत्याधुनिक प्रविधिको रुपमा चिनिएको स्मार्टबोर्डमा श्रव्य तथा दृश्य सामग्रीमार्फत पनि शिक्षण सिकाइ गर्ने सकिने महेन्द्र नमुना उमावि खलङ्गाका प्राचार्य पीताम्बर पौडेलले बताउनुभयो ।रासस