१ कार्तिक २०८३, शनिबार

सिप्रदी र भोटेकोशी पावर कम्पनीद्वारा उद्धार कोषमा ५ करोड १ लाख सहयोग

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विनाशकारी बाढीबाट प्रभावित समुदायको उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले सिप्रभ्य समूहअन्तर्गतको सिप्रदी र भोटेकोशी पावर कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ ।

बाढीबाट प्रभावित परिवार तथा समुदायको तत्कालीन आवश्यकता सम्बोधन गर्न उक्त रकम उद्धार तथा राहत कार्य, स्वास्थ्य उपचार तथा बाढीका कारण क्षतिग्रस्त पूर्वाधारको पुनःस्थापना लगायतका कार्यमा उपयोग हुने कम्पनीको विश्वास छ ।

विपद्को यस कठिन परिस्थितिमा प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गतको संस्था ‘सिप्रदियन सहायता संस्था’मार्फत समेत प्रत्यक्ष राहत तथा सहयोग कार्यक्रम सञ्चालन गरिरहेको छ ।

सिप्रदियन सहायता संस्थाका प्रतिनिधिहरू प्रभावित समुदायमा पुगेर स्थानीय आवश्यकता पहिचान गर्दै अत्यावश्यक राहत सामग्री, खाद्यान्न, तथा अन्य आधारभूत आवश्यकताका सामग्रीहरू वितरण गरिरहेको कम्पनीले जनाएको छ ।

प्रभावित परिवारको तत्कालीन आवश्यकतालाई प्राथमिकतामा राख्दै संस्थाले स्थानीय स्तरमै समन्वय गरी आवश्यक सामग्री तथा सहयोग उपलब्ध गराउँदै आएको छ ।

सिप्रभ्य समूहले राष्ट्रलाई संकट परेको समयमा आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्दै प्रभावित समुदायसँग ऐक्यबद्ध भएर उभिने प्रतिबद्धता व्यक्त गरेको छ ।