१ कार्तिक २०८३, शनिबार

नेपाल इन्स्योरेन्सद्वारा बाढीपीडितका लागि ५० लाख सहयोग

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अकल्पनीय बाढीका कारण भएको जनधनको अपुरणीय क्षतिमा राहतस्वरूप नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थागत सामाजिक उतरदायित्वअन्तर्गत ५० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेको छ ।

बाढीबाट प्रभावित परिवारको पीडा र कठिन परिस्थितिलाई मध्यनजर गर्दै कम्पनीले राहत तथा पुनर्स्थापनाका लागि रकम सहयोग गरेको जनाएको छ ।

यस दुःखद् घटनामा ज्यान गुमाउनेहरूप्रति कम्पनीले हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ । साथै, कम्पनीले घाइते तथा प्रभावित सबैको शीघ्र स्वास्थ्यलाभ र सुरक्षित पुनर्स्थापनाको कामना गरेको छ ।