काठमाडौं । केन्या गणतन्त्र सरकारले नेपालमा विनाशकारी बाढीले गरेको धनजनको क्षतिप्रति दुःख व्यक्त गरेको छ ।
केन्याका विदेश तथा डायस्पोरा मामिला मन्त्रिपरिषद् सचिव डा. मुसलिया मुड्वडीले नेपालमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपालप्रति ऐक्यबद्धता जनाएका हुन् ।
परराष्ट्रमन्त्री शिशिर खनाललाई सम्बोधन गर्दै सचिव डा. मुड्वडीले नेपाल सरकार र नेपाली जनताप्रति हार्दिक समवेदना व्यक्त गरका हुन् ।
“विनाशकारी बाढीको पीडा केन्याले पनि भोगेको हुनाले हामी नेपालका जनतासँग ऐक्यबद्धता प्रकट गर्दछौँ । जसमा हामीले गुमाएकाहरू प्रति शोक व्यक्त गर्नुका साथै आफ्नो जीवन पुनःनिर्माण गरिरहेकाहरूको दृढताको सम्मान पनि गर्दछौँ” मुड्वडीको सन्देशमा उल्लेख छ । उनले दुःखको यस घडीमा नेपालसँग ऐक्यबद्धता रहेको बताएका छन् ।
















प्रतिक्रिया