काठमाडौं । नेकपा (एमाले)का युवा नेता डा. अबुल हुसेन अन्सारीले रसुवाका बाढीपीडितको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच लाख एक हजार रुपैयाँ सहयोग गरेका छन् ।
बाढी प्रभावित क्षेत्रका नागरिकको सहायताका लागि अन्सारीले सोमबार उक्त रकम कोषको खातामा जम्मा गराएका हुन् । यसअघि पनि संकटको घडीमा मलम लगाउने उद्देश्यले उनको टोलीले प्रभावित क्षेत्रमा तीन लाख रुपैयाँ बराबरको अत्यावश्यक औषधि तथा मेडिकल सामग्रीहरू हस्तान्तरण गरिसकेको छ ।
डा. अन्सारीले विपत्तिको यो समयमा बाढीपीडितको पुनःस्थापना र राहतका लागि सबै क्षेत्रबाट सहयोगको हात अघि बढाउनुपर्ने बताए । उनले एउटा नेपालीलाई चोट लाग्दा अर्को नेपालीले सकेको सहयोग गरेर घाउमा मलम लगाउनु पर्ने बताए ।
डा. अन्सारीले मुलुकमा विभिन्न विपत्तिका समयमा सकेको सहयोग गर्दै आएका छन् ।















प्रतिक्रिया