काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रधानमन्त्री वालेन्द्र शाहलाई भेट्न पुगेका छन् ।
बालेन र सभापति लामिछानेबीच सिंहदरबारमा भेटवार्ता भएको हो । साढे २ बजे लामिछाने प्रधानमन्त्री शाहलाई भेट्न सिंहदरबार पुगेका थिए ।
बालेन र रविबीच भोटेकोसी बाढीमा फसेकाहरूको उद्धार, राहतलगायतका विषयमा छलफल भएको बताइएको छ ।
भेटका क्रममा प्रभावित नागरिकहरूको उद्धार र राहतका साथै क्षति पुगेका संरचनाको पुनस्स्थापनाका विषयमा छलफल भएको थियो।
प्रधानमन्त्री शाहले विपद् प्रभावित क्षेत्रमा नागरिकको जीउधनको रक्षा, राहत सामग्रीको सहज पहुँच र पुनःस्थापनाका लागि सरकारी संयन्त्रहरू पूर्ण क्षमताका साथ परिचालन गरिएको जानकारी गराएका छन् ।















प्रतिक्रिया