२८ आश्विन २०८३, बुधबार

गुल्मीमा टिपर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका–५ डुकुर्तीमा टिपर र मोटरसाइकल एकआपसमा ठोक्किँदा गम्भीर घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्रवीर विश्वकर्माका अनुसार आइतबार साँझ तम्घासबाट सिमलटारीतर्फ जाँदै गरेको लु १ क ४४४८ नम्बरको टिपर र विपरीत दिशाबाट आउँदै गरेको लु ६ प २७२६ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका थिए ।

दुर्घटनामा मोटरसाइकल चालक इस्मा गाउँपालिका–६, अम्मरपुरका ३२ वर्षीय धनीश्वर बस्नेत र पछाडि सवार सोही गाउँपालिका–२ का २३ वर्षीय कमल पछाई घाइते भएका थिए ।

अनुहार र छातीमा गम्भीर चोट लागेका बस्नेतलाई गुल्मी अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि पाल्पास्थित लुम्बिनी मेडिकल कलेज प्रभास रिफर गरिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । शव पोस्टमार्टमका लागि पुनः गुल्मी अस्पताल ल्याइएको छ ।

दुर्घटनामा सामान्य घाइते भएका मोटरसाइकलको पछाडि सवार पछाईको अवस्था सामान्य रहेको छ ।

दुर्घटनापछि टिपर र चालक प्युठानको गौमुखी गाउँपालिका–२ का ३० वर्षीय जीवन रानामगरलाई नियन्त्रणमा लिएर घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।