२८ आश्विन २०८३, बुधबार

अमेरिकी सहयोग नुवाकोट र रसुवा पुग्यो : अमेरिकी दूतावास

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अमेरिकी सहयोगको पहिलो खेप अगस्ट २९ र ३० को बीचमा नुवाकोट र रसुवा पुगेको छ ।

रसुवा र नुवाकोटका ४०० जनाका लागि गरिएको यस सहयोगमा २.५ टनभन्दा बढी खाद्य सामग्री, ५०० थान कम्बल, ५०० थान झुल र आश्रयस्थलको भुइँमा ओछ्याउने ५०० थान इन्सुलेटिङ फोम सिटहरू समावेश थिए । यी सामग्रीहरू कार्यवाहक राजदूत स्कट अर्बोमले अगस्ट २९ मा पठाएका थिए ।

यस कार्यको श्रेय क्याथोलिक रिलिफ सर्भिसेज, कारिटास नेपाल, नेपाली सेना तथा काठमाडौं र रसुवामा अतिरिक्त समय खटेर काम गर्ने लजिस्टिक टोलीहरूको दृढ प्रयासलाई जाने नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको छ ।

संयुक्त राज्य अमेरिकाले नेपाल र आफ्ना सम्पूर्ण साझेदारहरूसँग निकट समन्वय गरिरहेको छ । साथै, नेपालको अनुरोध बमोजिम र सहयोगको आवश्यकता भएकाहरूसम्म पुग्नेगरी अमेरिकाले ३६ लाख अमेरिकी डलर बराबरको सहयोग रकम छुट्याएको छ ।