९ कार्तिक २०८३, सोमबार

रेसुङ्गामा यस्तो भयो एक महिने साउने मेला

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gulmi-mela (1)

– अनिल खत्री
गुल्मी भदौ १ । गुल्मीको ऐतिहासिक तपोभुमी रेसुङ्गामा लागेको एक महिने साउने मेला सम्पन्न भएको छ ।

बिगतका वर्षहरुमा जस्तै यस वर्षको साउँने सक्रान्तीबट सुरु भएको साउने मेला एक महिना सम्म सञ्चालनमा आएको हो । एक महिना सम्म चलेको मेलाको सोमवार बिषेश पुजा, भजन कृतन सहित समापन गरिएको छ ।

साउन महिनाभर रेसुङ्गामा विशेष पुजाआजा गर्ने र धार्मिक मेला लाग्ने भएकाले तपोभुमी रेसुङ्गामा साउने सक्रान्ती, औंशी र एकादसीको दिन विशेष गरि रुपमा टाढा टाढावाट श्रद्धालुहरु त्यस क्षेत्रमा जाने गर्दछन् । चार धाम मध्येकै एक धान रेसुङ्गा क्षेत्रमा रहेको पोखरीको पानीले स्नान गर्ने र पोखरीमा स्नान गरेपछि त्यस नजिकै रहेको यज्ञशाला मन्दिरमा पुगेर पुजाआजा गर्नाले चारधाम जान नपर्ने र आफुले अन्जानमा गरेका संम्पुर्ण पापहरु नष्ट भई सम्वृद्धि प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ । जसका कारणका रेसुङ्गामा वर्षेनी साउनमा धर्मकर्मका लागि श्रद्धालुहरु गुल्मी लगायत पाल्पा, वाग्लुङ्ग, अर्घाखाँची, स्वाङ्जा लगायतका जिल्लाहरुवाट समेत आउने गर्दछन् ।

Gulmi-mela (2)साउन महिनाभर रेसुङ्गा संरक्षण समितिले रेसुङ्गा स्थीत यज्ञशाला मन्दिरमा दिनहु होमन गर्ने, रुद्रि पाठ, भजन कृर्तन लगायतका कार्यहरु संचालन गरेको कारण रेसुङ्गामा आउने श्रद्धालुहरुको घुँईचो लागने गरेको रेसुङ्गा संरक्षण समितिका सचिव कृष्ण भण्डारीले वताए । धार्मिक तथा ऐतिहासिक तपोभुमी रेसुङ्गामा रहेको भिउ टावरबाट जिल्लाका बिभिन्न स्थानका मनमोहक दृश्यहरु समेत देख्न सकिन्छ ।
गुल्मीको गौरवको रुपममा रहेको धर्मिक तथा पर्यटकिय स्थल रेसुङ्गामा सदरमुकाम तम्घास बाट करिब ३० मिनेटको गाडिको यात्रा पछि उक्त स्थानमा पुग्न सकिन्छ । केहि वर्ष पहिलेवाट तपोभुमी रेसुङ्गामा सवारीका साधन जान थालेका हुँन । रेसुङ्गा क्षेत्र सबै महत्वले भरिपुर्ण भएपनी पोखरी सम्म पुग्ने बाटो पक्की भए अझ बढी पर्यटक आउने स्थानिय बताउँछन् । रेसुङ्गामा साउन महिना बाहेक अन्य दिनहरुमा दैनिक पुजा हुने गर्दछ ।

विगतका वर्षहरुको तुलनामा यस पटकको साउने मेलामा रेसुङ्गा जाने श्रद्धालुहरु उपस्थिति अत्यन्तै वढी भएको समितिले जनाएको छ । वर्षायाममा पनि धेरै मानिसहरु यातायातको साधनमा चाँप वढेका कारण हिडेरै रेसुङ्गा पुगेका थिए । त्यसैगरि गुल्मीको अर्को पवित्र धार्मिक स्थल कालीगण्डकि र रुद्रवेणी धाममा पनि नदीमा स्नान तथा पुजापाठ गर्ने श्रद्धालुहरुको घुईचो लाग्ने गर्दछ । गुल्मी, पाल्पा र स्याङ्जाकोे संगम स्थल कालीगण्डकि नदीमा स्नान गरेपछि मोक्ष प्राप्ती हुन्छ भन्ने धार्मिक मान्यता रहि आएको छ ।