३० आश्विन २०८३, शुक्रबार

‘अमेरिका आउदै छौं, नाच्न र हास्न तयार हुनुहोस्’

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepali-actor

– विजय थापा
वाशिंगटन डिसी । अमेरिकाका २० भन्दा बढी राज्यहरुमा प्रदर्शनी हुने २०७२ तीज, दशैं तथा तिहार धमाका कार्यक्रमको लागि नेपालका प्रसिद्ध लोक गायक बद्रि पंगेनी नेपालका ख्याती प्राप्त कलाकारहरुसंग अमेरिका आउने पक्का भएको छ ।

नेपालबाट कुराकानी गर्दै बद्रि पंगेनीले भने नेपाली समुदाय तथा नेपाली भाषी भुटानी समुदायलाई नाच्नको लागि र हास्नको लागि तयार रहन सन्देश दिएका छन् ।

पंगेनीले भने-‘सपनाको संसार अमेरिका जाने कलाकारको मात्र हैन सबैको चाहना हुन्छ । र तीज, दशैँ तथा तिहारको कार्यक्रम लिएर आफू अमेरिका जान पाएकोमा हर्ष लागेको छ ।’

उनले भने-‘अमेरिकामा आफ्नो पहिलो पटक भ्रमण हुने भएकोले आफू निकै उत्साहित छु । अमेरिकामा लोक तथा दोहोरी गीत अत्याधिक मन पराउने नेपाली तथा भुटानी समुदाय भएकोले आफू कसरी र कस्तो गीत गाउने भन्ने तर्फ चिन्तित पनि भएको बताए । दर्शकको मन जित्ने र मन पराउने गीतको लागि आफू तयारमा रहेको बताए ।

लोक गीतमा आफू र दोहोरी गीतमा आफू र शिला आलेको प्रस्तुतिले पिडुला फर्कने गरि पनि नचाउने छौ भने पेट मिची मिची हसाउन जितु नेपाल (मुन्द्रे) आउँदै हुनुहुन्छ भने ।

कलाकारहरु अगस्त २७ तारिखमा अमेरिका आई पुग्ने भएका छन् । अगस्त २९ देखि नोवेम्बर १ तारिख सम्म अमेरिकाका विभिन्न राज्यहरुमा प्रस्तुति हुने भएको छ ।

कार्यक्रमको आयोजना वर्ल्ड बिजिनेस म्यानेजमेन्ट एण्ड कन्सल्टटेन्ट एलएलसी अमेरिका तथा वर्ल्ड बिजिनेस म्यानेजमेन्ट एण्ड कन्सल्टटेन्ट नेपाल प्रा लि को सयुक्त रुपमा आयोजना गर्ने छ । यसै गरि अगस्त २९ तारिखमा हुने उद्घाटन समारोहको बिशेष आयोजना भुटानी कम्युनिटी एसोसिएसन अफ पिट्सबर्ग (बिसीएपी) ले गर्ने छ ।

कार्यक्रमबाट संचित नाफा रकम तथा स्वैच्छिक सहयोग रकम नेपाल पुनर्निर्माण तथा भूकम्प पीडितलाई सहयोग गरिने आयोजकले बताएका छन् ।