१ कार्तिक २०८३, शनिबार

चीन–नेपाल सीमा नजिक बनेको हिमताल फुट्ने जोखिम घट्यो : चिनियाँ अधिकारी

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चीन–नेपाल सीमा नजिकै हिमपहिरोपछि बनेको ताल फुट्ने जोखिम घटेको चिनियाँ अधिकारीहरूले आज बताएका छन् । तालको आकार खुम्चिएको देखिएको छ । बुधबारको विनाशकारी बाढीपछि सीमा नजिकै ताल बनेको थियो ।

चिनियाँ जलस्रोत मन्त्रालयलाई उद्धृत गर्दै चिनियाँ प्रमुख सरकारी प्रसारण संस्था सीसीटीभीले जनाएअनुसार, स्याटेलाइट तस्वीरहरूले चीन–नेपाल सीमामा दुई नदीको संगमस्थलमा अवस्थित तालको पानी विस्तारै बगिरहेको र यसका कारण तालमा जम्मा भएको पानीको मात्रा क्रमशः घट्दै गएको संकेत गरेको छ ।

मन्त्रालयले जनाएअनुसार, बिहीबारका तस्वीरहरूको तुलनामा २१,००० वर्गमिटरले खुम्चिएर आज बिहान पुरेपु साङपो नदीस्थित तालको सतहको क्षेत्रफल ९९,००० वर्गमिटर कायम भएको स्याटेलाइट तस्वीरहरूमा देखिएको छ ।

चिनियाँ विज्ञहरू र अधिकारीहरूले दोस्रो प्रकोपको अत्यधिक उच्च जोखिमको बारेमा चेतावनी दिएका छन्, विशेष गरी हिमनदीको भग्नावशेषबाट बनेको तालले गर्दा तलतिर उद्धार कार्यलाई खतरामा पार्न सक्छ ।

बिहीबारदेखि उक्त तालको निगरानी गरिरहेको सरकारी स्वामित्वको इन्जिनियरिङ तथा उद्धार संस्था चाइना अनेङले तालसम्बन्धी थप तथ्याङ्क सङ्कलन गर्न शुक्रबार १५ सदस्यीय टोली खटाएको थियो । उक्त टोलीले निरीक्षण गर्न ड्रोन, पोर्टेबल स्याटेलाइट स्टेसन र मोबाइल निगरानी क्यामेराहरू प्रयोग गरेको थियो ।

शुक्रबार तालको पानी ओभरफ्लो हुँदा उद्धार कार्य केही समयका लागि रोकिएको थियो । पछि जोखिम व्यवस्थापन गर्न सकिने निष्कर्षपछि उद्धार कार्य अघि बढाइएको थियो ।