काठमाडौं । आज विश्व आणविक परीक्षणविरुद्धको दिवस मनाइँदै छ ।
हरेक वर्ष अगस्ट २९ तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।
विश्वमा आणविक हातहतियार परीक्षणका कारण निम्तन सक्ने विनाशकारी असरहरूबारे जनचेतना जगाउने उद्देश्यले विभिन्न सम्मेलन, प्रतियोगिता र प्रदर्शनीहरूको आयोजना गरेर मनाउने गरिएको छ ।
संयुक्त राष्ट्रसंघको पहलमा सन् २०१० देखि यो दिवस मनाउन थालिएको हो ।
सन् २००९ को डिसेम्बर २ मा संयुक्त राष्ट्रसंघको ६४ औं सभाले २९ अगस्टलाई आणविक हतियारविरुद्ध दिवसको रुपमा मनाउने निर्णय गरेको थियो ।











प्रतिक्रिया