२८ आश्विन २०८३, बुधबार

बाढीमा ज्यान गुमाउनेको संख्या ५९७ पुग्यो

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या ५९७ पुगेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थपन प्राधिकरणले शुक्रबार साँझ ७ बजेसम्मको तथ्यांक सार्वजनिक गरेकामा ५९७ जनाको शव फेला परेको हो । सबैभन्दा बढी चितवनमा २३३ जनाको शव भेटिएको छ।

यसैगरी, रसुवामा १२, नुवाकोटमा ३७, धादिङमा ४०, गोरखामा ४६, नवलपरासी पूर्वमा १५४, नवलपरासी पश्चिममा २७ र तनहुँमा ३० जनाको शव भेटिएको प्राधिकरणले जनाएको छ।

यस्तै एक हजार ९२४ जना सम्पर्कविहीन छन्। जसमध्ये ५१७ जना विदेशी नागरिक रहेको प्राधिरकणले जनाएको छ।