२८ आश्विन २०८३, बुधबार

रसुवा बाढीपीडितका लागि चाँगुनारायण नगरपालिकाको ५० लाख ३५ हजार सहयोग

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकाले रसुवाका बाढीपीडित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि ५० लाख ३५ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।

नगरपालिकाको स्थानीय विपद् व्यवस्थापन समितिको बैठकले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ५० लाख ३५ हजार सहयोग गर्ने निर्णय गरेको हो ।

नगरप्रमुख जीवन खत्रीका अनुसार प्राकृतिक विपत्तिका बेला पीडितलाई तत्काल सहयोग पुर्‍याउने उद्देश्यले नगरपालिका, जनप्रतिनिधि, कर्मचारी र शिक्षकहरूको संयुक्त सहभागितामा सो रकम जुटाइएको हो । जसअन्तर्गत स्थानीय विपद् व्यवस्थापन कोषबाट १० लाख रुपैयाँ र जनप्रतिनिधिहरूले एक महिनाको तलब तथा सेवा सुविधाबापतको सात लाख रुपैयाँ योगदान गर्नेछन् ।

यसैगरी, नगरपालिकामा कार्यरत कर्मचारीहरूले आफ्नो तहअनुसार दुईदेखि सात दिनसम्मको तलब कट्टा गरी २० लाख ३५ हजार रुपैयाँ र चाँगुनारायण नगरपालिकाअन्तर्गतका विद्यालयका शिक्षकहरूका तर्फबाट १३ लाख रुपैयाँ रकम उपलब्ध गराइने नगरप्रमुख खत्रीले जानकारी दिएका छन् ।