२८ आश्विन २०८३, बुधबार

बाढी प्रभावित क्षेत्रमा पुग्यो कृषि मन्त्रालयको प्राविधिक टोली

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बाढीका कारण प्रभावित पशुचौपायामा हुनसक्ने रोगको जोखिमलाई मध्यनजर गर्दै कृषि, वन तथा पर्यावरण मन्त्रालयको प्राविधिक टोली बाढी प्रभावित क्षेत्रमा पुगेको छ ।

बाढी प्रभावित क्षेत्रका पशु स्वास्थ्य तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले टोलीले नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारीसँग भेट गरी बाढी प्रभावित क्षेत्रमा सञ्चालन गरिएको पहल तथा उद्धार–राहतसम्बन्धी गतिविधिबारे जानकारी गराएको छ ।

त्यसैगरी, टोलीले नुवाकोटका भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका सम्बन्धित अधिकारीसँग भेट गरी बाढी प्रभावित क्षेत्रमा आवश्यक पर्ने पशुको औषधि, खोप तथा अन्य स्वास्थ्य सामग्री हस्तान्तरण गरेको जनाएको छ ।

बाढीका कारण प्रभावित पशुचौपायामा हुनसक्ने रोगको जोखिमलाई मध्यनजर गर्दै आवश्यक औषधि तथा खोपसहितका सामग्री उपलब्ध गराइएको टोलीले जनाएको छ ।