२८ आश्विन २०८३, बुधबार

पत्रकार सञ्जय खड्काका आमा–बुबा भोटेकोशी बाढीपछि सम्पर्कविहीन, खोजीका लागि अपिल

714
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । दैनिक नेपालमा कार्यरत पत्रकार सञ्जय खड्काका आमा–बुबा रसुवागढी–केरुङ नाकाबाट सम्पर्कविहीन भएका छन् ।

मानसरोवर तीर्थयात्राका क्रममा रसुवागढी–केरुङ मार्ग हुँदै गएका उनीहरू भदौ १० गते बिहान ९ः०० बजेदेखि चिनियाँ अध्यागमन (इमिग्रेसन) क्षेत्रबाट सम्पर्कविहीन भएका खड्काल जानकारी दिए ।

हिजो बिहान ८ः०० बजे अध्यागमन स्थलबाटै कान्छा छोरासँग अन्तिम पटक भिडियो कलमा कुराकानी भएको थियो । त्यसयता उनीहरूसँग कुनै सम्पर्क हुन सकेको छैन।

“बुबा–आमासँग एकाएक सम्पर्क विच्छेद भएकाले म अत्यन्त चिन्तित छु । उहाँहरूलाई भेट्नुहुने वा देख्नुहुने जोकसैले खोजी कार्यमा सहयोग गरिदिनुहुन हार्दिक अपिल गर्दछु”, सञ्जय खड्काले भने ।

हाल बाढी पहिरोका प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य भइरहेको भए पनि बेपत्ताहरूको यकिन विवरण भने आउन बाँकी छ । पत्रकार खड्काले केही जानकारी प्राप्त गए सम्पर्कका लागि ९८६३०१६७४४ (सञ्जय खड्का), ९८११०६१६८८ (सुबास खड्का) नम्बर उपलब्ध गराएका छन् ।