३० आश्विन २०८३, शुक्रबार

गायिका कोमलले चौथो पटक पनि अमेरिकाको भिसा पाइनन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Komal-Oli-Didiकाठमाडौं, १ भदौ । गायिका कोमल ओलीलाई अमेरिकाले फेरि अर्को पटक आफ्नो देश प्रवेश गर्ने अनुमति दिएको छैन । योसँगै कोमललाई अमेरिकाले चौथो पटक आफ्नो देश प्रवेश गर्ने भिसा नदिएको हो ।

अमेरिकामा हुन थालेको तीजसम्बन्धी कार्यक्रममा आफ्नो प्रस्तुती देखाउन जानकालागि गायिका कोमलले नेपालीस्थित अमेरिकी राजदूतावासमा निवेदन दिएकी थिइन् । तर अमेरिकी राजदूतावासले ‘सरी म्याम’भन्दै भिसा नदिइ खालिहात फिर्ता गरिदिएको हो ।

यूरोप, क्यानडा, जापान, अष्ट्रेलिया, यूएई आदि विभिन्न मुलुकमा थुप्रै पटक आउजाउ गरिसकेकी गायिका कोमलाई अमेरिकाले भिसा दिन आनाकानी गर्दै आएको छ ।

गायिका कोमल नेपाल नफर्कने हुन की भन्ने आशंकाले अमेरिकाले उनलाई भिसा दिन आनाकानी गरेको आलोचकहरूको भनाइ छ ।

नेपाली कलाकारहरू कार्यक्रम गर्ने बहानामा अमेरिका जाने र उतै लुकेर बस्ने गरेपछि भिसा दिन कडाइ गरिएको हुनसक्ने अनुमान गरिएको छ ।