२८ आश्विन २०८३, बुधबार

रसुवा बाढी : जाजरकोटका ७ जना सम्पर्कविहीन

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जाजरकोट । रसुवामा गएको बाढीपहिरोपछि जाजरकोटका सात जना परिवार तथा आफन्तको सम्पर्कमा आउन सकेका छैनन् ।

सम्पर्कविहीन हुनेमा शिवालय गाउँपालिका–२ का महेन्द्रविक्रम शाही, शिवालय गाउँपालिका–८ का मदन बुढा, प्रकाश बुढा र डिलबहादुर कठायत रहेका छन् । उनीहरू भोटेकोशी हाइड्रोपावर तथा भोटेकोशी क्षेत्रमा कार्यरत चिनियाँ कम्पनीमा काम गर्दै आएका थिए ।

त्यस्तै, भेरी नगरपालिका–१ का डिलबहादुर विक, भेरी नगरपालिका–३ का रतन रोकाय र भेरी नगरपालिका–४ की विनिता शाही पनि बाढीपहिरोपछि सम्पर्कविहीन भएका छन् ।

बाढीपहिरोपछि उनीहरूसँग सम्पर्क हुन नसकेपछि परिवार तथा आफन्तले चिन्ता व्यक्त गर्दै तत्काल खोजी तथा उद्धारका लागि सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।

सम्पर्कविहीन सातै जनाको अवस्था यकिन गर्न सुरक्षा निकाय तथा सम्बन्धित निकायले तत्काल खोजी र उद्धार कार्य अघि बढाउनुपर्ने परिवारको माग छ ।

प्रतिनिधि सभा सदस्य खडकबहादुर बुढाले खोजीका लागि समन्वय गरिरहेको बताए ।