५ कार्तिक २०८३, बिहिबार

सरकारले रोक्दारोक्दै दलालमार्फत यसरी जान्छन् महिलाहरू खाडी मुलुक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mahilaकाठमाडौं, १ भदौ । गलत कागजात र विवरण देखाई कुवेत र सिंगापुर हिँडेका चार युवतीलाई त्रिभुवन विमानस्थलले पक्राउ गरेको छ ।

विमानस्थल प्रहरीले वैदेशिक रोजगारीमा ओमान जानेभन्दै ढाँटेर कुबेत जान लागेकी एक युवतीलाई पक्राउ गरिएको हो भने सिंगापुर अध्ययागमनले फर्काएका ३ युवतीलाई विमानस्थल अध्यागमनले पक्राउ गरेको समाचार अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

ओमान जाने कागजपत्र देखाएकी कास्कीकी गीता दमाईँको साथबाट कुवेतको पेपर भिसा भेटेपछि प्रहरीले पक्राउ गरेको हो ।

सिंगापुर अध्यागमनले फर्काइएका पाल्पाकी गंगा पोखरेल, पोखराकी शान्ति गुरुङ र बुटवलकी विनिता कुँबर पनि पक्राउ परेका हुन् ।