काठमाडौं, १ भदौ । वैधानिक विवाहको आवरणमा चीन र कोरियामा महिला तस्करी हुन थालेपछि गृह मन्त्रालयले विवाह दर्तासम्बन्धी कानुन कसिलो बनाएको छ ।
विदेशी नेपाली नागरिकबीचका विवाह दर्ताका कागजपत्र सहजै बन्न थालेपछि मन्त्रालयले कसिलो व्यवस्था गरेको समाचार नागरिक दैनिकले छापेको छ ।
गृहले जुन जिल्लाबाट नागरिकता बनाएको हो, त्यही जिल्लामा मात्रै विवाह दर्ता हुने प्रावधान थपेको छ ।
गृह प्रवक्ता लक्ष्मी ढकालले जुनसुुकै जिल्लामा पनि विवाह दर्ता हुन सक्ने प्रावधानले महिला तस्करीमा संलग्नलाई सहज बनाएको देखिएकाले दर्ता प्रक्रिया संशोधन गरेको जानकारी दिए ।















प्रतिक्रिया