काठमाडौं । सामाजिक सञ्जालबाट प्रधानमन्त्री बालेन्द्र शाहलाई ज्यान मार्ने धम्की दिने व्यक्ति पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले कीर्तिपुरबाट झापाका २३ वर्षीय पुष्कर दाहाललाई पक्राउ गरेको हो ।
दाहालले सामाजिक सञ्जालमार्फत स्टाटस लेख्दै प्रधानमन्त्रीको ज्यान मार्ने धम्की दिएका थिए । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।











प्रतिक्रिया