
काठमाडौं, १ भदौ । चर्चा चलेको दुई दशकपछि बहुप्रतिक्षित रक्सौल–अमलेखन्ज पेट्रोलियम पाइपलाइन निर्माण निश्चित भएको छ । सन् १९९५ देखि पाइपलाइन निर्माण हुन सकेको थिएन ।
आगामी साता भारतबाट पेट्रोलियममन्त्री धमेन्द्र प्रधान आई दुई देशबीच हस्तक्षर हुने कार्यक्रम निश्चित भएपछि पाईप लाईन बन्ने निश्चित भएको समाचार कान्तिपुर दैनिकले छापेको छ ।
सम्झौता गर्ने विषयमा भारतको मन्त्रिपरिषदले अनुमोदन गरिसकेको छ ।
उक्त निर्णयपछि पेट्रोलियममन्त्री प्रधान, भारतीय आयल निगम (आइओसी) अध्यक्षसहित ११ सदस्यीय टोली आगामी आइतबार नेपाल आउने भएका छन् । यहीबेला दुई देशवीच हस्तक्ष हुने कार्यक्रम तय भएको छ ।












प्रतिक्रिया