२८ आश्विन २०८३, बुधबार

‘एक टिम, एक राष्ट्र’ बनेर एकजुट हुन हर्क साम्पाङको अपील

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रभावित क्षेत्रका नागरिकको उद्धार र राहतमा एकजुट हुन अपील गरेका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा अध्यक्ष साम्पाङले विपद्को घडीमा सत्तापक्ष वा प्रतिपक्ष नभनी सम्पूर्ण देश “एक टिम, एक राष्ट्र“ बनेर एकजुट हुन अपील गरेका हुन् ।

उनले नदी प्रणाली चीन, नेपाल हुँदै भारतसम्म जोडिने भएकाले पूर्वसूचना तथा आधिकारिक जानकारी आदानप्रदान अत्यन्त संवेदनशील र अनिवार्य रहेको धारणा राखे ।

जमिन चिरा परेको र थप पहिरोको जोखिम हुन सक्ने भएकाले उद्धारमा खटिने टोली स्वयं पनि उच्च सतर्क र सजग हुनुपर्ने उनले सुझाव दिए ।

साथै उनले सामाजिक सञ्जाल र एआई निर्मित भ्रामक सामग्रीहरू आधिकारिक हुन नसक्ने भएकाले तथ्यपरक सूचनामा मात्र भर पर्नुपर्ने बताए ।